काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३३ अंकले घटेर २,६००.२० विन्दुमा पूगेको हो ।
यस दिन पाँच अर्ब ९४ करोड २८ लाख रुपैयाँको सेयर कारोबारभएको छ ।
बैंकिङ १.२९, वित्त ११.४१, लगानी ०.४३, उत्पादन १४.४३, माइक्रोफाइनान्स ९.९३, अन्य समूह ४.८१ र व्यापार ४५.११ अंकले घटेका छन् । त्यसैगरी विकास बैंक १.३३, होटल ९६.१९, जलविद्युत् २३.७१, जीवन बीमा ८.०१, सामूहिक लगानी कोष ०.०१ र निर्जीवन बीमा समूह १२.४५ अंकले बढेका छन् ।
यसदिन ११२ कम्पनीको सेयरमूल्य बढेको छ भने १३४ कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।