काठमाडौं । नेकपा (एमाले) को बुधबारको केन्द्रीय सचिवालयको बैठकले नेकपा एमालेले पार्टीबाट ६ महिनाका लागि निलम्बन भएका दुई नेता डा। विन्दा पाण्डेर र उषाकीरण तिम्सेनाको निलम्बन फुकुवा गरेको छ।
डा। पाण्डे स्थायी कमिटी सदस्य हुन् भने तिम्सेना केन्द्रीय सदस्य हुन्। व्यापारीबाट दान लिएर पार्टी कार्यालय बनाउन नहुने पक्षमा बोलेको भन्दै २०८१ पुस १० गतेको सचिवालय बैठकले दुवैजनालाई जिम्मेवारीबाट हटाउँदै ६ महिनाका लागि निलम्बन गरेको थियो ।
बुधबारको सचिवालय बैठकले उनीहरूको निलम्बन फुकुवा गर्ने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीव ज्ञवालीले जानकारी दिए।
वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूूल्याङ्कन गर्दै बैठकले मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठुुला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको ज्ञवालीले जानकारी दिए ।
साथै, उनले नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनालाई ६ महिनाका लागि गरिएको निलम्बन पनि फुकुवा गरेको बताए । २०८१ पुस १० गतेको सचिवालय बैठकले दुवैजनालाई जिम्मेवारीबाट हटाउँदै ६ महिनाका लागि निलम्बन गरेको थियो ।