मतदाता नामावली दर्ताका लागि निर्वाचन आयोगको आग्रह



काठमाडौँ । निर्वाचन आयोग, नेपालले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई दर्ता गराउन अनुरोध गरेको छ।

आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको हो ।

आयोगका अनुसार उपनिर्वाचनको मिति छिट्टै घोषणा हुने तयारी भैरहेको छ। आयोगले प्रेस विज्ञप्ति जारी गर्दै,’मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका लागि नाम दर्ता गर्न पाइने छैन’ भनेर जानकारी दिएको छ।

प्रकाशित मिति : असार १२, २०८२ बिहीबार  १२ : ५९ बजे