कलंकी । नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै छ बलम्बु फ्लाइओभर।
यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला(टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोडेको छ ।
यो फ्लाइओभर १२८ मिटर लामो छ ।
मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्याम्प तयार गरिएको छ । बिचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।











