प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज (शुक्रबार) दिउँसो १ बजे बस्नेछ ।

मन्त्रिपरिषद्को आजको बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणलगायतको एजेण्डा रहेको छ ।

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदैछन् ।

प्रकाशित मिति : असार १३, २०८२ शुक्रबार  १२ : १४ बजे