डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति, एउटा विद्यालय पुरियो



डोल्पा । डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ ।

बिहीबार राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका-४ रिवा गाउँमा पहिरो खसेको हो ।

गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् ।

पहिरोले तीन वटा घर पूर्णरूपमा, १२ वटा घर आंशिक रूपमा र ४० वटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पहिरोले रिवा गाउँस्थित पुथा आधारभूत विद्यालय भवन पूर्ण रूपमा क्षति पुगेको छ ।

पहिरोबाट करिब १ करोड ७३ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : असार १३, २०८२ शुक्रबार  ५ : २८ बजे