काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नजिता सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो ।
कूल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।
यसपटकको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।