प्रतिनिधिसभाबाट नागरिकता विद्येयक पारित



काठमाडौं, १४ असार । प्रतिनिधिसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित भएको छ ।

आज (शनिबार) बसेको प्रतिनिधिसभाको बैठकले पारित गरेको हो ।

गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो । यो विद्येयक पारित भएसँगै अब आमाको नामबाट नागरिकता पाउने बाटो खुलेको छ ।

प्रकाशित मिति : असार १४, २०८२ शनिबार  ६ : ५४ बजे