धानलगायत सबै खेतीका लागि सरकारले विशेष व्यवस्था गरेको छ : मन्त्री अधिकारी



काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले २२ औँ धान दिवसको शुभकामना दिदैँ धानसहित सबै खेतीको विकासका लागि सरकारले विशेष व्यवस्था गरेको बताएका छन् ।

आइतबार कीर्तिपुरमा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समारोहमा बोल्दै उनले आगामी वर्ष धान खेतीमा नेपाली आत्मनिर्भर बन्ने बताए ।

उनले भने,‘धान दिवसमा सहभागी हुने सबैलाई बधाई । हामीले जुन ढङगले खेती गरेका छौ त्यो खेतीले सिङगो नेपाली आत्मनिर्भर बन्न सकोस् भन्ने उद्देश्यका साथ तल्लिन छौ । त्यसकै सिलसिलामा सरकारले धान खेती लगायतका सबै खेतीहरुको विकासका लागि यो वर्ष विशेष व्यवस्था गरेको छ ।’

उनले आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बन्नका लागि आज धान रोपाईमा सहभागी भएको पनि बताए ।

प्रकाशित मिति : असार १५, २०८२ आईतबार  ३ : १५ बजे