धनगढीमा भारी वर्षा : उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं । । धनगढी उपमहानगरपालिकाका स्थानमा ‘भारी’ वर्षा भएको छ ।

वर्षापछि डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। । जल निकासी नहुँदा बस्तीहरू जलमग्न भएका छन्।

२४ घण्टाको अवधिमा २६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २०२.२ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी केही घण्टामा पनि थप वर्षाको सम्भावना रहेको बताउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  १ : ५४ बजे