काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले आगामी साउन १ देखि आफूले पूर्वराष्ट्रपतिको हैसियतले पाउँदै आएका सेवासुविधा फिर्ता गर्ने निकट स्रोतले जानकारी दिएको छ।
पूर्वराष्ट्रपति भण्डारी बुढानीलकण्ठस्थित आफ्नै घरमा बस्छिन् भने उनको आफ्नै सवारी साधन प्रयोग गर्दै आएकी छन्।
उनले घरभाडा र सवारी साधन नलिएको पनि स्रोतले जानकारी दिएको छ ।