पत्रकार पाठकविरुद्ध साइबर अपराधको मुद्दा दायर



काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा जिल्ला अदालत काठमाडौंमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले पठाएको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको हो।

साइबर ब्यूरोका अनुसार पाठकमाथि सामाजिक सञ्जाल तथा युट्युब प्रयोग गरेर सार्वजनिक व्यक्तित्व र संस्थामाथि घृणापूर्ण सामग्री प्रसारण गरेको आरोप छ। अब अदालतबाटै थप प्रक्रिया अघि बढ्नेछ।

ब्यूरोले पत्रकार पाठकविरुद्ध अनुसन्धान अघि बढाउन पक्राउ पूर्जीसमेत जारी गरेको थियो। तर उच्च अदालतले उनलाई पक्राउ नगर्न आदेश दिएपछि प्रहरीले पक्राउ नगरीकनै मुद्दा अगाडि बढाएको हो।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  ८ : १९ बजे