यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ९२ पैसा र बिक्री दर १३७ रुपियाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४६ पैसा र बिक्रीदर ८९ रुपियाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ १५ पैसा र बिक्रीदर १०० रुपियाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४६ पैसा र बिक्रीदर १०७ रुपियाँ ९३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ७२ पैसा र बिक्रीदर १८८ रुपियाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ८४ पैसा र बिक्रीदर १७२ रुपियाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४२ पैसा र बिक्रीदर १४ रुपियाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा तोकिएको छ ।

साथै, जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ १९ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १० पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ४४ पैसा र बिक्रीदर १७ रुपियाँ ५२ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ८५ पैसा र बिक्रीदर ४४९ रुपियाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ९२ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ६२ पैसा र विक्रीदर ३५७ रुपियाँ १८ पैसा रहेको छ ।

त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५१ पैसा र बिक्रीदर ३६ रुपियाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७ रुपियाँ ७३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २८ पैसा र बिक्रीदर ३७ रुपियाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५१ पैसा र बिक्रीदर ३२ रुपियाँ ६५ पैसा तोकिएको छ ।

प्रकाशित मिति : असार १७, २०८२ मंगलबार  १० : १२ बजे