काठमाडौं । जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका दिलभूषण पाठकको बयान थालिएको छ ।
न्यायाधीश खेमराज भट्टको इजलासमा बयान सुरु गरिएको हो ।
उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार अदालतमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुरमा मुद्दा दायर गरेको थियो ।
बयानपछि आजै थुनछेक हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।