प्रदेशहरुको बजेट अनियमित र अस्तब्यस्त देखियो,पार्टिले छनबिन गर्नुपर्छ : आङगेलु शेर्पा



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले प्रदेशहरुले ल्याएको बजेटमा आपत्ती जनाएका छन ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शेर्पाले प्रदेशहरुको बजेटले पार्टी नेता कार्यकर्ताको मनोबल घटाएको बताएका हुन ।

शेर्पाले जनतालाई केन्द्रबिन्दुमा राखेर बजेट ल्याउन प्रदेशहरु असफल भएको दाबी गर्दै यसले संघियतामाथि प्रश्न उठाउनेहरुको मनोबल बढाउने उल्लेख गरे ।

“प्रदेश सरकारमै रहेका हाम्रा सांसद, मन्त्री तथा नेताबाटै जब बेतिथी फैलिएको छ, त्यो संघीयता ब्यबहारिक ढंगले नै गलत सावित गर्ने गरि कृयकलाप भएको छ, संघीयता समाप्त हुन नदिन नेपाली कांग्रेसले अग्रसर भएर यसको समाधान गर्नुपर्छ, छानबिन समिति त्यसको पहिलो शर्त हो,”नेता शेर्पाले बैठकमा भने ।

शेर्पाले प्रदेशहरुले ल्याएको बजेट अस्तब्यस्त भएको भन्दै बजेट जस्ताको तस्तै कार्यन्वनमा आए अर्थिक बिचलन र अनियमितताको खतरा बढ्ने औंल्याए ।

उनले प्रदेशहरुको बजेटमाथि छनबिन गर्न पार्टिले उच्च स्तरिय छनबिन समिती बँनाउनुपर्ने माग गरे ।

संसदभित्रका गतिबिधीमाथी समेत शेर्पाले प्रश्न उठाए । सांसदहरुले जथाभाबी बोल्दा संसद आफै बिकृती र बिसंगतिको थलो बन्न थालेकोले छनबिन समिती बनाउन पनि पार्टिले पहल गर्नुपर्ने माग गरे ।

संसदभित्रका गतिबिधिहरुले सामाजिक मर्यादा उलंघन गरिरहेको शेर्पाको भँनाई थियो ।

उनले पार्टि भातृ संस्थाहरुको गठन र बिघटनमा अल्झिन नहुने बताए ।भातृ संस्थाहरु स्वतन्त्र ढंले चल्न दिनु पर्ने भँनाई राख्दै शेर्पाले भातृ संस्थाहरुलाई बर्गिय हितमा केन्द्रित गर्नपर्ने उल्लेख गरे ।

नेता शेर्पाले नेपालमा पर्यटनको थप बिकाश गर्न माउन्ट कैलाशको दर्शन गर्न जानेहरुका लागी मुस्ताङको कोरला नाका खोल्न पार्टी र सरकारलाई चिनसँग पहल थाल्न सुझाब दिए ।

तेस्तै उनले पर्यटन र हिमाल आरोहणमा सम्लग्न मजदुरहरुको हितका लागी हिमाल आरोहणबाट प्राप्त राजस्वको निश्चित प्रतिसत छुट्याउन पार्टिले पहल गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार  १० : २७ बजे