काठमाडौँ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन आए राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन्।
संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा तानिएका छन्।
विपक्षी दलले उनको राजीनामा समेत माग गरेका छन्। संसदीय समितिबाट राजीनामा माग आएको प्रसंगमा बोल्दै खतिवडाले पार्टी बैठकमा सभापतिको हैसियतमा गल्ती छ भने बाहिर बस्न तयार भएको बताएका हुन्। ‘सभापतिको हैसियतमा मेरो पनि गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु,’ उनले भने।
तर बदनाम गर्ने किसिमले संसदीय समितिमा काम नगर्न उनले आग्रह गरेका छन्। समिति गठन गरेर त्यसबाट जुन निर्णय आउँछ त्यसलाई पालन गर्न तयार रहेको बताए।
खतिवडाले पार्टीमा सभापति,उपभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्।
पार्टी सभापति, उपसभापति, महामन्त्री कमजोर हुँदै जाँदा को बलियो हुने भन्दै उनले प्रश्न गरेका छन्।
‘यो पद्धति कहाँसम्म जानेरु हामी यी आरोप प्रत्यारोपमै सीमित भयौं भने जनताले, कार्यकर्ताले के गर्नेरु,उनले भने।