काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले संविधानमा रहेको धर्मनिरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन्।
आइतवार केन्द्रीय समितिको बैठकमा बोल्दै नेता कोइरालाले यस्तो प्रस्ताव अघि सारेका हुन्।
‘संविधानमा रहेको धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौं,’ कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै कोइरालाले प्रस्ताव गरेका हुन्।
सरकार बनाउने बेलामा एमालेसँग गठबन्धन गर्दा नै संविधान संशोधन गर्ने भनिएकाले त्यसको गृहकार्यमा जुट्नुपर्ने उनको भनाइ थियो। संविधान संशोधनको थालनी पनि यसै बिन्दुबाट गर्नुपर्ने कोइरालाको प्रस्ताव छ।
‘सरकार बन्दा संविधान संशोधन गर्ने भनिएको थियो। पहिलो संशोधन यहीँबाट गरौँ,’ कोइरालाले केन्द्रीय समितिमा प्रस्ताव गरे।
संविधानको धारा ४ ९१० मा नेपाल राज्यको परिभाषामा नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनी उल्लेख गरिएको छ। उक्त शब्दलाई हटाउन पर्ने कोइरालाको प्रस्ताव आएको हो।
केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ।