वाशिंगटन डीसी । अर्बपति व्यवसायी एलन मस्कले नयाँ पार्टी खोलेका छन् । उनले अमेरिकामा नयाँ राजनीतिक दल गठनको घोषणा गरेका हुन् ।
उनले यसलाई अमेरिका पार्टी नाम दिएका छन् । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, आज अमेरिका पार्टी गठन हुँदैछ, ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहुन्छ।
यस सम्बन्धमा उनले एक्समा सार्वजनिक सर्वेक्षण पनि गरे ।
मस्कले आफ्नो पोस्टमा भने, तपाईंहरूमध्ये ६६ ५ नयाँ राजनीतिक दल चाहनुहुन्छ र अब तपाईंले त्यो पाउनुहुनेछ। जब अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचारको कुरा आउँछ, अमेरिकाका दुवै दल (रिपब्लिकन र डेमोक्र्याट) एउटै हुन्। अब देशले २ दलीय प्रणालीबाट स्वतन्त्रता पाउनेछ।
मस्कले जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा एक्समा एक सर्वेक्षण पोस्ट गरे। यसमा उनले सोधे कि के तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ रु के हामीले अमेरिका पार्टी बनाउनुपर्छ रु सर्वेक्षणको नतिजामा, ६५।४ ५ मानिसहरूले हो र ३४.६५ ले होइनू मतदान गरे।