काठमाडौँस् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त उपलब्धि र अधिकार रक्षाका लागि कांग्रेस पार्टीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले कांग्रेसको संगठनलाई बलियो बनाए मात्रै हालसम्मका संघर्षबाट प्राप्त उपलब्धि र अधिकार संस्थागत हुने बताए।
‘पार्टीको संगठन राम्रो बनाउनेमा लाग्नुपर्छ। कांग्रेस वेल मेनेज भयो भने प्राप्त उपलब्धीहरू, अधिकारहरू बिस्तारै संस्थागत हुन्छन्। एकले अर्कोको दोष देख्ने प्रवृत्तिले संगठन बलियो हुँदैन,झ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने।
कांग्रेसको मूल नीतिमा रहेर समयअनुसार पार्टीको रणनीति बनाउनुपर्ने पनि धारणा राखे। कांग्रेस नेता सिंहले पार्टीको महाधिवेशनको मिति नजिक आइसकेको भन्दै महाधिवेशनका लागि आवश्यक जे प्रकियाहरू छन् ती छिटै पूरा गर्नुपर्ने बताए।
त्यस्तै बैठकमा कांग्रेसकातर्फबाट नेतृत्व गरेर सरकारमा रहनुभएका, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहनुभएका सिंहले सरकारको कामकारबाही, बजेटलगायतका विषयमा पनि प्रष्ट पारेका थिए। सो क्रममा उनले सरकारमा रहेर चाहनाअनुसार काम गरिरहेको भन्दै आफूले सम्हालेको मन्त्रालयबाट भएका नीतिगत र विकासका कामको फेहरिस्त प्रस्तुत गरे।
जनताको चाहना पूरा गर्न राजनीति स्थिरता जरूरी छ । राजनीतिक स्थिरताविना आर्थिक समृद्धि र विकासको जनचाहना पूरा हुन सम्भव नै छैन,ु नेता सिंहले भने,हाम्रो सभापतिजीले राजनीतिक स्थिरताका लागि ७ बुँदे सहमति गरेर जुन गठबन्धन बनेको छ। त्यसलाई नै अगाडि बढाउनुपर्छ।झ