विश्वप्रकाश शर्मालाई सभापति देउवाको चेतावनी – म अप्ठेरो मान्छे हुँ विचार गर्नुस् !



काठमाडौं, २३ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अबको प्रधानमन्त्री पद त्याग्न प्रस्ताव गरेका छन्। सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री शर्माले पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति देउवालाई सम्बोधन गर्दै मुलुक र पार्टीको हितमा हुने गरी अब छैटौँपटक प्रधानमन्त्री बन्नेतर्फ नलाग्न र सम्मानजनक बिदाइ हुन आग्रह गरे।

जवाफमा सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अप्ठ्यारो मान्छे भएको भन्दै शर्मालाइ चेतावनि दिए ।देउवाले भने “म के गर्छु मेरो कुरा हो, मैले कसैलाई पनि भनेर गर्ने होइन, म अप्ठेरो मानिस हुँ नि १ विचार गर्नुस् ।”

उनले भने,‘पार्टीको विधानअनुसार एक वर्ष र संविधानअनुसार ६ महिना बढाउन सकिन्छ, त्यो त पाइन्छ नै भनेको नै हो नि । मैले संविधानको कुरा गरेको हो, संविधान मान्ने कुरा गरेको हो’, म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे हेर्नुस् । म त अप्ठ्यारो मान्छे हुँ ।’

महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन २०८३ सालको असारमा गर्न र सरकारको नेतृत्व पनि हस्तान्तरण गर्न सभापतिलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : असार २३, २०८२ सोमबार  ८ : ३३ बजे