त्रिवि उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. दीपक अर्याल नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।

तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : असार २५, २०८२ बुधबार  २ : ४७ बजे