कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी



काठमाडौं । ‘कूलिङ अफ पिरियड’ विवाद सम्बन्धमा छानबिन गर्न बनेको विशेष छानबिन समितिको बैठक जारी रहेको छ । बुधबार सिंहदरबारमा अध्ययन तथा छानबिन विशेष समितिको बैठक जारी रहेको हो ।

सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको दोस्रो बैठक जारी छ ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।

समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन् । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य छन् ।
समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ ।

प्रकाशित मिति : असार २५, २०८२ बुधबार  ३ : ३८ बजे