फिफा क्लब विश्व कपको उपाधि चेल्सीलाइ, ट्रम्पले प्रदान गरे ट्रफी



काठमाडौं । चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ ।

यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मेनलाई ३—० को फराकिलो अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे ।

खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे ।

दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन । ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको यो सिजनको दोस्रो उपाधि हो । यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो ।

प्रकाशित मिति : असार ३०, २०८२ सोमबार  ८ : ४७ बजे