ठमेलबाट दुई चिनियाँ नागरिक २ केजी सुन र २४ लाख नगदसहित पक्राउ



काठमाडौं । काठमाडौंको ठमेलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छ्न ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

उनीहरु हिजो साँझ नै प्रहरीको नियन्त्रणमा परेका हुन् । प्रहरीले उनीहरुविरुद्ध थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार  १ : ०४ बजे