कांग्रेस बागमती संसदीय दलको नेताबाट बहादुरसिंहले गुमाए हैसियत



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ ।

आज बसेको संसदीय दलका बैठकमा संसदीय दलका नेता तामाङमाथि ल्याइएको अविश्वासको प्रस्तावमाथि छलफल भएको थियो ।

प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार  १ : २९ बजे