चक्रे मिलनसहित १९ जनालाइ कम्तीमा ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ।

चक्रे मिलनको जन्मदिन पार्टीबाट गएराति प्रहरीले ४७ जना पक्राउ गरेको थियो ।

पक्राउ परेका ४७ जना मध्य २८ जनालाई प्रहरीले छाडेको छ भने १९ जनालाई थप अनुसन्धान गर्न लागेको हो ।

१९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो ।

प्रकाशित मिति : श्रावण १६, २०८२ शुक्रबार  ७ : १८ बजे