वाग्मतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँले पेस गरे दाबि



काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले दाबी पेस गरेका छन् ।

नेकपा – संसदीय दलका नेताको समर्थनसहित बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । आह्वानलगत्तै एमालेको समर्थनसहित बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

यसअघि, आजै बहादुरसिंह लामाको राजीनामा स्वीकृत भएको थियो ।

प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार  ३ : १८ बजे