काठमाडौँ । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्।
शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
काभ्रेको बनेपाका राम शाहीको शवबाट मासु र हड्डी निकालिएको आरोप आफन्तले लगाए पनि किन्ने को हो, कतिमा बेचे भन्ने केही खुलेका छैनन् ।
काठमाडौँ प्रहरी परिसरका अुनसार पक्राउ परेका उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान थालिएको छ।














