‘गुन्डा नाइके’ राजु गोर्खाली पक्राउ



काठमाडौं । न भनेर चिनिने गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन्। उनलाई चेक बाउन्सको मुद्धामा प्रहरीले पक्राउ गरेको हो।

नेपाली कांग्रेसमा सक्रिय उनी झण्डै १० करोड रुपैयाँको चेक बाउन्समा पक्राउ परेका हुन्।

उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। राजेन्दबहादुर गोर्खाल गुण्डागर्दीमा आएपछि राजु गोर्खालीका नामले चिनिन्छन्।

२०५८ मा रोशन लिम्बुको सुन्धारास्थित बेबी लोन डिस्कोमा हत्या भएको घटनामा गोर्खाली जोडिएका थिए। उनी १० वर्ष कैद बसेर छुटेका हुन्। उनी पटके गुण्डाको रुपमा चिनिन्छन् । हातहतियार, लेनदेन, कुटपिटजस्ता कसुरमा उनी पक्राउ पर्ने र छुट्नेक्रम चलिरहेको छ।

प्रकाशित मिति : भाद्र १, २०८२ आईतबार  ३ : १९ बजे