वीरगञ्जमा हैजा रोक्न तीनै तहका सरकार प्रयासरत, १६६ जनाको उपचार हुँदै



वीरगञ्ज ९पर्सा०। वीरगञ्ज महानगरमा हैजाको सङ्क्रमण बढ्दो क्रममा रहेको छ।

हैजा रोकथामका लागि तीनै तहका सरकारले प्रयास जारी राखे पनि सङ्क्रमितको सङ्ख्या घटेको छैन।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, हाल वीरगञ्जका विभिन्न अस्पतालहरूमा १६६ जना हैजाका बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म झाडापखाला र हैजाका बिरामीको कुल सङ्ख्या ३४४ पुगेको छ। यीमध्ये २७ जनाको आइसियुमा, छ जनाको एचडिसियुमा र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ।

नारायणी अस्पताल, तराई अस्पताल, नेशनल मेडिकल कलेज, भवानी अस्पताल लगायतका विभिन्न स्वास्थ्य संस्थाहरूमा हैजाका बिरामी फेला परेका छन्।

प्रकाशित मिति : भाद्र १०, २०८२ मंगलबार  १० : ५३ बजे