काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठक जारी छ।
आइतबार दिउँसो जमलस्थित यल्लो पेगोडामा बैठक सुरु भएको हो।
बैठकमा केन्द्रीय सदस्यका साथै संघ, प्रदेश र स्थानीय तहमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको समेत सहभागीता रहेको छ । तर, पार्टीका संरक्षक रेशम चौधरी पक्ष भने बैठकमा सहभागी भएका छैनन् ।

















