प्रधानमन्त्री ओलीलाइ भेटेपछि भारतीय समकक्षी मोदीले भने – नेपालसँग भारतको सम्बन्ध विशेष छ



काठमाडौं, १५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भारतको सम्बन्ध गहिरो रहेको बताएका छन् । चीनको तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तस्विर सार्वजनिक गर्दै मोदीले नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले भने आज ओलीसँगको भेटको तस्विर सार्वजनिक गर्दै सामाजिक सञ्जाल एक्समा नेपालसँगको गहिरो सम्बन्ध रहेको लेखेका छन् ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच आज भेट भएको हो । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिनको लागि चीन पुगेका हुन् । प्रधानमन्त्री ओलीले हिजो ९शनिबार० चीन पुगेकै दिन चिनियाँ राष्ट्रपति सि जिनपिङ भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भोलि (सोमबा) रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कार्यक्रम तय भएको छ । पुटिनपनि चीन ओर्लिएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते काठमाडौं फर्कने कार्यतालिका छ ।

प्रकाशित मिति : भाद्र १५, २०८२ आईतबार  ७ : ०७ बजे