सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको बताएका छन् ।

पर्सामा सोमवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हून् ।

उनले सीमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको बताए। उनले ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरु, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि सरकारले गहन रुपमा काम गरिरहेको जिकिर गरे । उनले नेपाल कुनैपनि देशको सैन्य रणनीतिमा सामेल नहुने स्पष्ट पारे ।

उनले भने, ‘सीमा सुरक्षाका बारेमा हामी गम्भीर छौँ । सीमा सुरक्षा र सीमामा हुने अपराध नियन्त्रणका लागि शसस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको छ । ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरु, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि हामीले गहन रुपले काम गरिरहेका छौँ । चिनियाँ रणनीतिमा हामी सामेल भएको हो की भन्ने प्रश्न उठाउनुभएको छ । हामी कुनैपनि देशको सैन्य रणनीतिमा सामेल हुँदैनाँै । हामी सबैका मित्र छौँ, कसैसँग शत्रुभाव छैन ।’

गृहमन्त्री लेखकले अपराधजन्य गतिविधिमा आग्रह, पूर्वाग्रह नहुने स्पष्ट पारे । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र १६, २०८२ सोमबार  ३ : १९ बजे