रास्वपाका उम्मेदवार लेखजंग थापाले सार्वजनिक गरे पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेदको प्रमाण



काठमाडौँ । रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् ।

थापाले आफ्नो व्यक्तिगत जीवनबारे उठेका प्रश्नहरूको जवाफ दिँदै आफूमाथि नभई पार्टीमाथि नै सुनियोजित आक्रमण भएको बताएका छन्।

“सम्बन्धविच्छेद भन्ने बित्तिकै एकअर्कालाई गाली गर्नुपर्छ वा मित्रभाव राख्नु हुँदैन भन्ने मलाई लाग्दैन,” उनले भनेका छन्। उनले आफ्नो निजी जीवन न त गैरकानुनी छ, न समस्यापूर्ण नै भएको दाबी गरेका छन्।

उनले आफूले दुईपटक विवाह गरेको र एकजना श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको कुरा स्वीकारेका छन्। उनले सम्बन्धविच्छेद भएकी श्रीमतीसँग छोराको साझा अभिभावकत्वका लागि सौहार्दपूर्ण सम्बन्ध राखेको स्पष्ट पारेका छन्।

प्रकाशित मिति : भाद्र १७, २०८२ मंगलबार  १० : २७ बजे