काठमाडौं ।, नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन (शुक्रबार) आज देखि सुरु हुँदैछ।
आज देखि सुरु हुँने विधान महाधिवेशनमा विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धी विषयलाई एजेन्डाबाट हटाइएको छ ।
महाधिवेशनको मुख्य एजेन्डा
उपमहासचिव ज्ञवालीका अनुसार, महाधिवेशनमा तीनवटा मुख्य दस्तावेजमाथि छलफल हुनेछ। ती हुन्– पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव। यस्तै, चारवटा आयोग र केन्द्रीय निकायका प्रतिवेदनमाथि पनि छलफल हुने उनले बताए।
स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गर्नुभएको फरक मत पनि महाधिवेशनमा छलफलका लागि पेस हुनेछ। कर्ण थापाले आफ्नो फरक मतमा के समेट्नुहुन्छ, त्यसका आधारमा छलफल हुने वा नहुने निर्क्योल हुन्छ, ज्ञवालीले भन्नुभयो। तर, हामी चाहन्छौं कि सम्माननीय पूर्वराष्ट्रपतिको व्यक्तित्व र योगदानलाई पक्ष–विपक्षको विषय नबनाइयोस्।
छलफल र समापन
महाधिवेशनमा शनिबार सातवटै दस्तावेजमाथि समूहगत छलफल हुनेछ। आइतबार समूहका नेताहरूले निष्कर्ष प्रस्तुत गरेपछि महाधिवेशन समापन हुने ज्ञवालीले जानकारी दिए। विधान र प्रतिवेदनसँग सम्बन्धित विषय मात्रै महाधिवेशनको मुख्य एजेन्डा हुनेछ उाले स्पष्ट पारे।
सहभागिता र नारा
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारा अघि सारेको छ। महाधिवेशनमा २,०२६ जना प्रतिनिधि र आयोजकका रूपमा ३१५ जना थप गरी कुल २,३४१ जनाको सहभागिता रहनेछ।
यो विधान महाधिवेशनले पार्टीको संगठन संरचना, विधान संशोधन र आगामी रणनीतिका लागि महत्वपूर्ण निर्णय गर्ने छ।









