नेकपा एमालेको दोस्रो महाधिवेशनले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रश्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । आईतवार ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पार्टीका उपाध्यक्ष विष्णु पौडेलद्वारा प्रश्तुत विधान संशोधनसम्बन्धी प्रश्ताव, पार्टी महासचिवद्वारा प्रश्तुत संगठनात्मक प्रतिवेदन सर्वसम्मतिले पारित भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
उनका अनुसार गुटबन्दी र क्षणिक स्वार्थको प्रभावमा परेर कुनै राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिन नसकिने ओलीको भनाइ छ ।
जनताको बहुदलीय जनवाद एमालेले नछोडेको बताउँदै एमालेको पथप्रदर्शन सिद्धान्त नै जबज भएको जिकिर गरेको उनले को जानकारी दिए ।
महाधिवेशनबाट २९ वटा समसामयिक प्रश्ताव पारित भएको उनले उल्लेख गरे । उनका अनुसार पार्टीले २५ सदस्यीय केन्द्रिय निर्वाचन आयोगको गठन गरेको छ । निर्वाचन आयोगको अध्यक्षमा विजय सुब्बा अध्यक्ष छन् । —न्युज एजेन्सी नेपाल









