काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति राखेका छन् । कांग्रेसका नेताहरुले सरकारको निर्णयका विषयमा जवाफ माग गर्ने तयारि गरेका छन् ।
सरकारले निर्णय लिँदाका आधारबारे पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्ने उनिहरुको तयारी छ ।
आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा महामन्त्री गगन थापाले नेपालमा संसदमा विचाराधीन विधेयकलाई बेवास्ता गरेर समाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको र कसैसँग छलफल नै नगरी बन्द गर्ने निर्णय गलत रहेको निबिर गरेका थिए ।









