कर्फ्यु अवज्ञा गर्दै बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु



काठमाडौं । जेनजी पुस्ता काठमाडौंको बानेश्वर चोकमा आज पनि बिहानैदेखि प्रदर्शन थालेका छन । प्रदर्शन बढेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको छ । भने केहीलाई नियन्त्रणमा लिइएको छ ।

बानेश्वरसहित काठमाण्डौका बिभिन्न स्थानमा बिहानैबाट प्रहरीको ठूलो संख्या तैनाथ गरिएको छ ।

हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोश थप बढेको छ ।

प्रकाशित मिति : भाद्र २४, २०८२ मंगलबार  ९ : ३६ बजे