विराटनगर । बिर्तामोडस्थित नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
जेनजी पुस्ता प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै आज बिहानैदेखि आन्दोलित भएका छन् ।
झापाको बिर्तामोडमा पनि आन्दोलन चलिरहेको छ ।
प्रदर्शनकारीहरूले सडकमा टायर जलाउनुका साथै पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामग्री, प्रहरी पोष्ट र ट्राफिक संकेतहरू सडकमा ल्याई आगजनी गरेका छन् ।









