काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २७ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थपेको छ । निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका सवारीसाधन तथा संस्था सञ्चालन गर्न सकिने सेनाले स्पष्ट पारेको छ ।
“सुरक्षा परिस्थितिको आधारमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूमा मिति २०८२ भाद्र २७ गतेको बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थप गरिएको जानकारी गराउँदछौँ,” सेनाले बिहीबार ९भदौ २६० बिहान जारी गरेको सूचनामा उल्लेख छ ।
“जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएता पनि स–सानो समूहमा कार्य गर्न आग्रह गर्दछौँ,” सेनाको सुचनामा भनिएको छ ।









