काठमाडौँ– जेन-जी आन्दोलनका क्रममा विभिन्न ठाउँमा भएका अप्रिय घटना, आगजनी, लुटपाटका कुनै तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै भनेको छ– ‘भिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई पठाउनुहोला।’
प्रहरीले त्यस्ता कुनै जानकारी भए प्रहरीको जिमेल एकाउन्ट लभउबउियष्अिभष्लाय२नmबष्।िअयm पठाउन सकिने जानकारी गराएको छ।
प्रहरीले गोपनियता कायम गरिने पनि जानकारी गराएको छ।









