रवि लामिछाने नख्खु कारागारमै फर्किए



२८ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा जेलबट बाहिर निस्किएका सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्किएका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै लामिछाने नख्खु फर्किएका हुन् ।

भिडियो सन्देशमा आफू आफ्नो जन्मदिनको सन्दर्भ पारेर कारागार फर्किन लागेको बताउदै उनले भनेका छन्, आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ ।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए ।

प्रकाशित मिति : भाद्र २८, २०८२ शनिबार  ८ : ५० बजे