काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।
शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेकी कार्कीले आज बिहान सिंहदरबार पुगेर पदभार सम्हालेकी हुन्।
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।









