काठमाडौं, २९ भदौ ।हामी नेपालका संयोजक तथा जेन्जी आन्दोलनको नेता दाबी गर्ने सुधन गुरुङको समुहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री कार्कीको राजीनामा मागेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले मुर्दामाथि राजनीति नगर, मृत्तकलाई न्याय दे भन्दै नाराबाजी गरेका छन् ।
उनिहरु प्रधानमन्त्री सुशिला कार्किले मन्त्रीपरिषद् गठन गरेपछी असन्तुष्ठ बनेको देखिन्छ ।









