नवनियुक्त मन्त्रीहरूले लिए शपथ



काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्का सदस्यहरूले शपथ ग्रहण गरेका छन्।

नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार तीन मन्त्रीहरूको नाम टुंग्याएकी थिइन्।

शपथग्रहण समारोह शीतल निवास परिसरमा विशेष टेन्टमुनी सम्पन्न गरिएको हो।

प्रकाशित मिति : भाद्र ३०, २०८२ सोमबार  १२ : ३८ बजे