काठमाडौं। नवनियुक्त उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
आज सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतभेदपछि उनलाई विद्युत प्राधिकरणबाट हटाइएको थियो।









