असोज १ गते शोक विदा दिने सरकारको निर्णय,जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने



काठमाडौं, ३० भदौ । मन्त्रिपरिषद्ले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । आज ९सोमबार० बसेको मन्त्रिपरिषद्को बैठकले जेन–जी आन्दोलनका क्रममा मृत्युवरयण गरेकाहरुप्रति शोक विदा दिने निर्णय गरेको हो ।

तेस्तै मन्त्रिपरिषद्को बैठकलेले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

तेसैगरि सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने भएको छ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।

प्रकाशित मिति : भाद्र ३०, २०८२ सोमबार  ७ : १९ बजे