देशभर बदली, आज पहाडी भू-भागमा भारी वर्षाको सम्भावना



काठमाडौँ। नेपालमा हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानको वरिपरि रहेको छ। यसका साथै, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि प्रभाव परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा को सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।

आज राती पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा को सम्भावना छ। यसैगरी, कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : भाद्र ३१, २०८२ मंगलबार  ९ : ५७ बजे