काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् ।
मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा रुइतसँग आग्रह गरेका थिइन् । जवाफमा डा रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ ।
छलफलपछि डा रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।









