३१ भदौ, काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।
आज राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको हो ।










